दफा ३१
आरक्षण सम्बन्धी व्यवस्था
(१) प्रतिष्ठानले प्रत्येक शैक्षिक सत्रमा स्नातकसम्मका विभिन्न तहमा  विद्यार्थी भर्ना गर्दा पिछडिएको क्षेत्रमा स्थायी बसोबास गरी सो क्षेत्रको सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा वा सो सरह उत्तीर्ण गरेका आर्थिक रुपले विपन्न नेपाली विद्यार्थीलाई दश प्रतिशत स्थानको लागि आरक्षणको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आरक्षण गरिएका स्थानमा पिछडिएका क्षेत्रमा महिला, दलित, आदिवासी/जनजाती, मधेशी तथा पिछडिएका वर्गका विद्यार्थीलाई प्राथमिकता दिइनेछ ।
(३) उपदफा (१) बमोजिम आरक्षण गर्दा प्रतिस्पर्धाद्वारा विद्यार्थी छनौट गरिनेछ ।